अलपत्र नेपालीहरू सोमबार देखि काममा फर्कने




युएर्इ- युएर्इमा अलपत्र परेको भनिएका ३०जना नेपाली कामदारहरू सोमबार देखि पुन काममा फर्कने भएका छन्।

आज भएको त्रिपक्षिय बैठकमा कामदारले एग्रिमेन्ट अनुसार पाउने तलब सुबिधा आउदो ३१ अक्टोबर सम्म दर्इ किस्तामा पाउने लिखित सम्झोैता भए पछि कामदारहरू पुन काममा फर्कन लागेका हुन्।

नेपाली राजदुतावास युएर्इका श्रम सहचारी हिरा कुमारी यादव ,एनआरएन यूएईका अध्यक्ष सुदिप कार्की तथा उपाध्यक्ष रमेश श्रेष्ठ, कम्पनि मालिक र पिडित पक्ष बीच आज भएको लामो छलफलमा उक्त निर्णय गरिएको हो।

कम्पनीका सम्पुर्ण स्टाप उक्त लेबर क्याम्पमा पुगी कामदारहरूसँग प्रत्यक्ष भेटघाट पनि गरेका थिए।
बैदेशिक रोजगार एेन अनुसार पाउने तलब सुबिधा कटौती भएकोमा कम्पनीको एकाउण्टमा केही प्रबिधिक समस्याले गर्दा तलबमा कमी आएको भन्दै कम्पनीले एग्रिमेन्ट अनुसार तलब सुबिधा दिने लिखित पत्र राजदुताबास युएर्इलार्इ दिएको छ । कम्पनीले दिएको उक्त पत्रमा ३१ अक्टोबर सम्ममा दुर्इ किस्तामा कामदारहरूलार्इ तलब दिने जनाएको छ।

१२ घण्टा काम गरेको तर १० घण्टाको मात्र तलब आएकोमा कम्पनीले गल्ति स्विकार गरेको छ।

११ महिना पहिले काठमाण्डौ स्थित हिमारब ओभरसिज र एनसिएफ म्यानपावर मार्फत युएईको शारजाह मा रहेको लिडर सेक्युरिटि सर्भिसेस कम्पनीमा सुरक्षा गार्डको रुपमा आएका उनीहरुले भिषा बापत म्यानपावर कम्पनीहरुलाई करिब ३ लाख ५० हजारको दरले बुझाएका थिए ।

उनीहरु ३ महिना पहिले देखी कम्पनीले तलब नदिए पछि अलपत्र परेका थिए।


Previous
Next Post »