एमालेमा सल्कीदै भुसको आगो एक -एक अर्बको पस्ताब बामे,माकुने र झले आइसिमा बिक्न सक्ने ! यस्तो छ विभाजनको खतरा

एमालेमा सल्कीदै भुसको आगो ! यस्तो छ विभाजनको खतरा


२९,भदौ,काठमाण्डौं । यो साता एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता झलनाथ खनालले पार्टी विभाजन हुनसक्नेतर्फ संकेत गरे । फरक–फरक कार्यक्रममा सहभागि ओली र खनालले यहाँसम्मकी पार्टी विभाजन हुनबाट रोक्नका लागि कार्यकर्तासंग गुहार मागे ।

पार्टी कस्ले र किन विभाजन गर्दैैछ भन्ने चाही खुलाउन चाहेनन् । तर संकेत प्रष्टै थियो अब लामो समय ओली र माधव नेपाल एउटै पार्टीमा रहन सक्दैनन् । यसको संकेत हो गत साता भएको एक कार्यक्रम । शुक्रवार राजधानीमा एमालेको केन्द्रीय युवा तथा खेलकुद विभागलेले आयोजना गरेको कार्यक्रममा प्रमुख अथिति थिए एमाले अध्यक्ष केपि शर्मा ओली । जहाँ ओलीले आफुलाई नम्बर वान राष्ट्रवादी भएको गफिस दिइरहेका थिए । के त्यसो भए एमालेका अरु नेता राष्ट्रवादी होइनन ? 
ओलीको सम्बोधनको सुरुको वाक्य थियो, ‘नेपालीहरुमा स्वाभिमानको चेतना पहिला भन्दा धेरै माथि उठेको छ ।’ सम्बोधन अधिकांस समय भारतको विरुद्ध बोलेर ताली बटुलेका थिए उनले । उनको राजीनामा पछि बनेको प्रचण्ड नेतृत्वको सरकार पनि भारतले नै बनाइ दिएको व्यङ्ग समेत गरे ।  उनले प्रधानमन्त्रीको संसदमा गरेको संबोधनलाई पनि अरुले बनाइ दिएको भन्नसमेत पछि परेनन् ।
तर ओलीका पछिल्ला अभिव्यत्ती र व्यावहारले एमालेलाई भने विभाजनको बाटोमा लग्दैछ । एकजना एमाले पोलिटव्युरो सदस्य भन्छन–‘ओली कमरेड पार्टीको भन्दा गुटमा रमाउन खोज्नु भो,एमाले यसैले संकटमा फस्यो । ’ त्यसो त ओली र माधव नेपालविच धेरै कुरामा विमती छ । तुलनात्मक रुपमा सालिन मानिने माधव नेपाल र ओलीविचको दृष्टिकोणमै समस्या देखिन थालेको कतिपयको वुझाई छ । सबैभन्दा ठुलो समस्या ओली र नेपालविच मधेसलाई हेर्ने दृष्टिकोणको हो । 

भारतलाई गाली गर्दैमा कसरी राष्ट्रवादी ?
नेपालमा पछिल्लो समय भारतलाई गाली गर्ने राष्ट्रवादी हुने अरु भारतनिकट हुने गज्जबको प्रचार छ । एमाले अध्यक्ष ओली त्यसैका एक पात्र हुन् । उनले राष्ट्रवादका कुरा गरिरहदा महाकाली देखि टनकपुर सन्धिले ओलीलाई नै गिज्ज्याइरहेको छ । आफु प्रधानमन्त्री हुदा लिपुलेक सम्झौताबारे चर्चासमेत नगरेका ओलीले भारतविरोधी भाषण गरेकै कारण आफु राष्ट्रवादी भएको तर्क गरिरहेका छन् ।
तर त्यसो होइन । भारतलाई गाली गर्ने र चीनसंग रमाउने, चीनलाई गाली गर्दै भारतसंग रमाउने यो दुवै प्रवृती नेपालका लागि घातक छ । त्यसैले पनि पूर्व प्रधानमन्त्री समेत रहेका माधव नेपालले पार्टी नेतृत्वको कारण भारतसँगको सम्बन्ध खराव हुँदै गएको महसुस गरेका छन् ।
 ओलीले सरकार र पार्टीलाई गुटको रुपमा चलाएको भनेर नेपालले संसदमा बोल्दा नै असन्तुष्टि राखेका थिए । त्यसो त पछिल्लो समय नेपाललाई एमालेमा ओली पक्षधरहरुले भारतीय दलालसम्मको तल्लो तहको शब्द प्रयोग समेत गर्न थालेका छन् । यसले एमालेमा गुटको राजनीति विभाजनको दिशामा गएको प्रष्ट देखिन्छ ।

को नेता कतातीर 
एमालेमा मुलतः ३ गुट छन् । सतहमा २ गुट देखिएपनि ओली,नेपाल र वामदेव गौतमका ३ गुट नै एमालेमा सक्रिय छन् । तर वामदेव गौतमले गुट चलाएपनि उनले छुट्टै भेला वा समारोह गर्दैनन् । 
गौतम एमालेका निर्णायक नेता मानिन्छन् । उनले चाहेमा जतासुकै पनि बहुमत पुग्न सक्छ । त्यसैले उनले एमालेको नवौ माहाधिवेशनमा ओलीललाई सधाएका थिए । तर ओलीले गौतमलाई संसदीय दलको नेता,नभए राष्ट्रपतिको उम्मेदवार बनाउने बाचा पुरा गरेनन् । यहाँसम्मकी अध्यक्ष निर्वार्चीत भएपछि उनले वामदेवसंग सल्लाह समेत लिन छाडे । त्यहीबाट बामदेव गौतम ओलीसंग टाढीए ।

 संयोगले नेपाल र गौतमको निकटता वढायो । अहिले एमालेमा गुटको समीकरण हेर्दा ओली समुहमा विष्णु पौडेल,इश्वर पोखरेल,शंकर पोखरेल छन् भने नेपाल समुहमा झलनाथ खनाल,वामदेव गौतम,भीम रावल लगायतका प्रभावशाली नेताहरुको बाहुल्यता छ । यसले अब ओली समुह विस्तारै कमजोर बन्दै जाने कतिपयको विश्लेषण छ । 

एमाले नेता माधवको सक्रियता  
एमालेभित्र पछिल्लो पटक गुटको राजनीति बढेको छ । ओली भारत र प्रचण्ड सरकारप्रति निकै आक्रमक रुपमा प्रस्तुत भइरहेका छन् । तर, नेपालले चाहिँ सम्बन्ध सुधारमा पहल थालेको जस्तो देखिन्छ । सम्बन्ध थप खराव नहोस् माधव नेपाल सक्रिय देखिन्छन् । प्रधानमन्त्री प्रचण्डले दिल्ली भ्रमणका एजेण्डाबारे छलफल गर्न डाकिएका पुर्व प्रधानमन्त्रीहरुमा ओली नजानु र माधव नेपाल लगातार भेट गर्न पुगिरहनुलाई संयोग मात्रै मान्न सकिन्न् । 
निउज सेवाबाट साभार 

Previous
Next Post »