संविधान निष्क्रिय हुन सक्ने खतरा’





नेकपा(एमाले)का केन्द्रीय सचिव भीमप्रसाद आचार्यले स्थानीय प्रदेश र केन्द्र सरकारका लागि संविधानको सफल कार्यान्वयन गर्दै समय सीमाभित्रै निर्वाचन गराउन नसकिएको अवस्थामा संविधान निष्क्रिय हुन सक्ने खतरा औँल्याएका छन्।

अखिल नेपाल महिला सङ्घको प्रदेश नं १ को पहिलो बैठकसभाको उद्घाटन गर्दै पूर्वमन्त्री आचार्यले नेपाली जनताले बनाएको संविधानलाई यो वा त्यो बहानामा र बाहिरी इच्छा तथा इसारामा परिमार्जन वा संंशोधन किमार्थ सम्भव नहुने बताए । 

एमाले प्रदेश नं १ का इन्चार्ज आचार्यले संविधान संशोधनको नचाहिँदो रटान राख्नु देश र जनताका हितमा नरहेका विषयमा विश्लेषण गरेर प्रदेशभरमा जनमत तयार गर्नेतिर आफ्नो ध्यान केन्द्रित गर्न महिला सङ्घलाई सल्लाह दिए । 
Previous
Next Post »