रसियाको डाड्क्यान नदी पूरै राताम्ये, अनुसन्धान सुरु (हेर्नुस् तस्बिर)




एजेन्सी, २३ भदौ । रसियाको एउटा नदी रगत जस्तो पदार्थ बगेपछि सबै आश्चर्यमा परेका छन् । मंगलबार रसियाको नोरिल्सक सहरको डाड्क्यान नदी पूरै राताम्ये भएपछि सरकारले अनुसन्धान सुरु गरेको छ ।

निकेल उद्योगको पाइपलाइन फुटेर नदीमा मिसिएपछि नदीको पानी पूरै रातो भएको हो । निकेल एक किसिमको केमिकल हो । यो उद्योगबाट उत्पादन भएको प्रदूषण वातावरण र मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । सोही कारण सो उद्योगको पाइपलाइन कसरी फुटेर नदी राताम्ये भयो भनी सरकारले छानबिन सुरु गरेको हो ।



डाड्क्यान नदी पूरै राताम्ये भएको तस्बिर रसियाको सामाजिक सञ्जालमा भाइरल बनेको थियो । गत जुनमा पनि सो नदी यसरी नै राताम्ये भएको बताइएको छ । निकेल नामक केमिकल फलाम उद्योगमा प्रयोग हुन्छ । जुन केमिकल राख्नेवित्तिकै पानी रगत जस्तो रातो हुन्छ ।

रसियाको निकेल उत्पादन गर्ने उद्योग संसारकै सबैभन्दा ठूलो हो । रसियापछि यो केमिकल इन्डोसिया, क्यानडा र अस्ट्रेलियामा उत्पादन हुन्छ । जसले ती देशका ७ देखि १० प्रतिशतसम्म जीडीपी धानेका छन् ।
Previous
Next Post »