एमाले फुटाएर भए पनि संविधान संशोधनको तयारी गरिँदैछ

एमाले फुटाएर भए पनि संविधान संशोधनको तयारी गरिँदैछ

surendra-kc-nepalaaja-1चोटिलो र तार्किक रानजीतिक टिप्पणीमा माहिर छन् राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी । अक्सर तितो सत्य बोल्ने भएकोले कतिपय नेताहरु उनको सत्य थाम्न सक्दैनन् । विभिन्न समयमा डा. केसीले व्यक्त गर्नुभएको विचारहरु भिडियो, अडियो,फोटोहरुमार्फत सामाजिक सञ्जालहरुमा भाइरल पनि भएका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमण र समसामयिक राजनीतिका विषयमा नेपालआजले उहाँसँग कुराकानी गरेको छ । प्रस्तुत छ सो कुराकानीको संपादित अंशः

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा केही अनिष्ट सम्झौता हुने सम्भावना देख्नु हुन्छ ? 
– मुलुकलाई नै अनिष्ट गरेर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका हुन् । देशलाई ‘डिमरलाइज’ गरेर उनी प्रधानमन्त्री हुनु नै अनिष्ट हो । केपी ओलीको शैली गलत भए पनि उनको स्पिरिट ठीक थियो । भारतको अनावश्यक हस्तक्षेप, नाकाबन्दीको विरोधका विरुद्धमा अहिलेको सरकार गठन भएको हो । एउटा खरदार वा एउटा पिउनको जस्तो अवस्थामा उभिएर अहिले प्रचण्ड भारत जाँदैछन् । प्रचण्ड यस्ता धुन्धुकारी छन् भन्ने थाहा भएन । सबै नेपालीको नजरमा सबै नेपाली चोर हुन् भन्ने पारिदिने र त्यसको विकल्प के हो ? भन्दा भारत देखाउन यो सबै भएको हो । सिमानाको कुरा गर्ने, राष्ट्रियताको कुरा गर्नेलाई प्रतिगामी भन्न थालियो । प्रचण्ड आफै कुनै बेला बाबुरामलाई भारतको एजेन्ट भन्थे । बाबुरामले दुःख दिएको कुरा गर्थे । घटनाक्रमले अहिले प्रचण्डलाई त्यही कित्तामा पुर्याइदियो । प्रचण्ड कुनै बेला एउटा ल्यांग्रे बाहुन नै त थिए । अरु के थियो र उनको हैसियत । अहिले उनलाई भारतले यसरी प्रयोग गरिरहेको छ कि मुलुक नै बिर्सजनको संघारमा पुगेको छ । यीनलाई बनाउने भारत हो कि भन्ने हाम्रो शंका अब सत्यमा बदलिएको छ । भारतले प्रचण्डलाई मात्रै होइन सबैलाई खेलाउँछ । अनिष्ट गर्ने तत्व जन्माउँदै जान्छ । अहिले तराईमा सिके राउतको चकचकीको राज पनि भविष्यको अनिष्ट तयार पार्ने गृहकार्य हो ।

नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गरेको एक वर्ष पनि भएको छैन, फेरि प्रचण्ड किन जान परेको होला ? 
– यो त कुनै विवादको विषय नै होइन अब । नेपाली नेपालीबीच फाटो ल्याउने तत्वबारे बोल्यो भने बोल्ने व्यक्ति नै अराष्ट्रिय, अतिराष्ट्रवादी, सामन्ति राष्ट्रवादी हुन्छ । खगेन्द्र संग्रौंला, हरि रोका, अर्जुन ज्ञवाली, सुन्दरमणि दिक्षित जस्ताले जातिजातिबीच फाटो ल्याउने लेख लेखेर भ्रममा राख्छन् । एक जातिलाई अर्को जातिसँग लड्न उक्साउँछन् । पहाडेको अत्याचार सहनु हुँदैन भनेर तराईमा मान्छे उचाल्छन् । बाहुनको अत्याचार भन्दै आदिवासी उचाल्छन् । जातिजातिबीच लडाई हुने कुरा लेख्नु हुँदैन भनेर मैले लेखेको लेख कुनै पत्रिकामा छापिँदैन । यो दशमा बाहुन पनि मगन्ते छन् । दलित पनि मगन्ते छन् । हरेक जातिका फटाहाहरुले राज गर्छन र आफ्नै जातिकालाई मगन्ते बनाउँछन् । पहाडे शासक भनेर अरु जातिलाई उत्तेजित बनाउने फटाहा हुन् । सबै पहाडे शासक होइनन् । सबै मधेसी रैति होइनन् । महिला पनि सबै उत्पीडित छैनन् । कर्णालीकी एक दुखिया महिला पनि महिला नै हुन् शेरबहादुरकी श्रीमती पनि महिला नै हुन् । सबैलाई एउटै टोकरीमा हाल्नु हुँदैन भन्यो भने जातीय एकता बलियो हुन्छ । तर त्यस्तो हुनै दिँदैनन । मैले यस्तो आशयमा लेखेको लेख छापिँदैन । हुँदा हुँदा प्रधानन्यायाधीशले समेत त्यस्तै अभिव्यक्ति दिइन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीबाट त्यस्तो के अभिव्यक्ति आयो र ? 
–सपना प्रधान मल्ललाई मैले न्यायाधीश बनाएको भनेर अभिव्यक्ति दिइन । न्यायपरिषदबाट कसरी सिफारिस हुन्छ, दलीय प्रभावकस्तो हुन्छ भन्ने हामीलाई थाहा छैन र ? भागबन्डाको आधारमा हुने नियुक्तिका विषयमा उनले त्यस्तो अभिव्यक्ति दिइन भ्रम छरिन् । पैसा लिएर राजदूत बिक्री हुन्छ । बोल्यो भने त्यसले चाहिँ पाएनछ अनि बिरोध गर्यो भन्छन् । गच्छदारले मेनपावरकी दलाल महिलालाई राजदूतका लागि सिफारिस गरे । हामीले चाहेको यस्तो शासन हुँदै होइन । चेन्ज गर्न आवश्यक छ । तर चेन्ज गर्न पनि सकिँदैन ।

एउटा पत्रिकामा अन्तर्वार्ता दिँदै पूर्वपरराष्ट्रमन्त्री कमल थापाले भने कि नेपालका एक प्रधानमन्त्रीको हैसियत राजदूतले ओहोदाको प्रमाणपत्र बुझाए जस्तो भयो भनेर, यसमा तपाईको टिप्पणी के छ ? 
– कमल थापा बिरोधको स्वर बोल्छन् । तर ओहोदाको प्रमाणपत्र बुझाउनमा उनी आफै एक नम्बर छन् । मन्त्री दिन्छु भन्ने हो भने कमल थापाले संविधान संशोधनमा ल्याप्चे लगाउन बेर छैन । परारष्ट्रमन्त्री हुँदा तीन पटक भारतलाई नमस्ते गर्न उनी आफै दिल्ली गएका होइनन् र ? नेपालमा जसले पनि जे पनि बोलिदिन्छन् । यहाँ बोल्नेहरुको कमि छैन । केपी ओलीले त्यस्तो संकटको बेला पनि राजषी ठाँटले भ्रमण गरे । अहिलेका यी लाटा पनि भ्रमण गर्दैछन् ।

तेस्रो दलको नेता प्रधानमन्त्रीको कुर्सीमा छन्, लाटा कि बाठा ? 
– यति धेरै जनताले थुक्दा पनि प्रधानमन्त्री हुनेलाई के बाठो भन्नु । म सहभागी एउटा कार्यक्रमको न्यूज कभरेज एविसी टेलिभिजनले गरेको रहेछ । एकजनाले मलाइ भन्नु भयो कि –तपाईलाई मैले भारतीय च्यानलमा देखेको थिएँ । उनको आशय एबिसी टिभीले राष्ट्रियताको विषय छाडेका कारण त्यो टिभीलाई भारतीय भन्ने रहेछ । एबिसी जत्तिको टिभीले राष्ट्रियताको विषय समेट्नु पर्छ भन्ने आम बुझाई रहेछ ।

प्रधानमन्त्रीको भारत भ्रमणमा एजेन्डा नै छन भनिएको छ । अर्को तर्फ परराष्ट्रमन्त्रीलाई भारत पठाएर सरकारले छलफल पनि गरिरहेको छ, के हुन सक्ला एजेन्डा ? 
–एजेन्डा त धेरै छन् । सिमा विवाद, कालापानी विवाद, सुस्ता विवाद, सीमांकन टुंगो यस्ता धेरै छन् । एजेन्डा बनाए त हो नी । तर के गर्नु सधैको उस्तै निरर्थक बहसमै रुमलिन्छ सरकार । राजा महाराजाले यो देशलाई जसरी तसरी अहिलेसम्म जोगाए । हामीलाई दिएर गए । प्रजातन्त्रको प्रतिफल हामी जनताले पाएनौं । फलको आशा गर्छौ तर योग्यलाई शासनमा पठाउन पनि सक्दैनौं । गलत भइरहेको देखिन्छ । तर गर्न केही सकिँदो रहेनछ । फटाहा र बेइमानहरुको जगजगी छ । अब परिणाम जे आउँछ त्यसैलाई स्वीर्नुको विकल्प छैन । अझै दुःख पाउनुबाहेक अरु केही छैन ।

प्रशंग बदलौं संविधान संशोधन होला ? 
– जहाँ सबै कुरा किनबेचका आधारमा तय हुन्छ, त्यहाँ जे पनि हुन सक्छ । किनबेचकै आधारमा रानीतिक निर्णय लिइन्छ । जसले किनबेचका आधारमा राजनीतिक निर्णय गर्छ त्यहा जे पनि हुन्छ । अहिले राप्रपा नेपाल संविधान संशोधनको विपक्षमा उभिएको छ । तर त्यही पार्टी केही दिनमा संशोधनको पक्षमा जान्छ । ओलीले पनि संशोधनको पक्षमा मत देखाएका छैनन । तर संविधान संशोधनकालागि आवश्यक मत पुुर्याउँन एमाले फुटाउनु पर्ने हुन सक्छ । एमाले फुट्यो भने त्यो बेला अनौठो नमान्नु होला ।

मधेसी दलको अहिलेको योजना के हो ? 
– तत्काललाई मधेसलाई पहाडबाट छुट्टयाउने हो । दोस्रो चरणमा सिध्याइदिने हो । मधेस र पहाडबीच फाटो ल्याउने, जातजातबीच फाटो ल्याउने, नेपालीनेपालीबीच मिलाप हुन नदिने गिरोह लागि परेका छन् । एकता, मिलापको कुरा गर्दा खगेन्द्र संग्रौला, सुन्दरमणि दिक्षितलगायतले त हामीलाई प्रतिगामी भन्छन् । माओवादीले कुमार फुदुङ, युवराज लामाल, ल्यारकाल लामा जस्तालाई पुरस्कार दिन्छ ।

अहिले एमालेको पोजिसन चाहिँ के पाउनु भएको छ ? 
– शासन त एमालेको पनि कुनै गतिलो होइन । राष्ट्रियताको सवालमा एमाले अरु भन्दा केही राम्रो देखिएको छ । हिजो एमालेका एक प्रभावशाली नेता मेरैमा आउनु भएको थियो । उहाँसगको कुराकानीमा थाहा भयो कि त्यही बेला संविधान घोषणा नै हुन नदिने भयंकर खेल भएको रहेछ । नेपालीहरुले भारतले भनेको अटेर गरेरै संविधान घोषणा गरे ।

त्यसमा एमालेका केपी ओलीको भूमिका बढी रहेछ । घोषणा नगर्न भारतले धम्की पनि दिएछ । त्यसको रिस भारतले ओलीसँग माधवकुमार नेपाल, झलनाथ खनालजस्ता धुन्धुकारीहरुबाट लियो भन्दा पनि हुन्छ । माधवकुमार नेपालले त आफ्नै पार्टीको सहयात्री साथी प्रधानमन्त्री हुदा संसदमै गएर केपी ओलीको विरोध गरे । यो भन्दा घृणित कार्य माधवकुमार नेपालले अरु के गर्लान र ?
Previous
Next Post »