१ सय १० वर्षकी हजुरआमा ७१ वर्षदेखि श्रीमान्को पेन्सन बुझ्दै



एउटा मान्छेले कति वर्षसम्म पेन्सनको रकम उपभोग गर्न सक्छ? यो प्रश्न आफैमा जटिल हुन सक्ला। तर रमाइलो कुरा, भारतको चण्डीगढ निवासी मीत बचन कौर १ सय १० वर्षको उमेरमा पनि पेन्सनको रकम उपभोग गरिरहेकी छिन्। उनी दुई महिनापछि १ सय ११ वर्षमा प्रवेश गर्दैछिन्। उनको जन्म मिति नै सन् १९०५ को नोभेम्बर ५ बताइएको छ। 

मोहालीको एउटा सामान्य गाउँ मोटामार्जामा बसोबास गर्ने मीतका श्रीमान् जीवन सिंह भारतीय आर्मीका जवान थिए। उनी बिट्रिस शाषनताका भारतीय सेनामा खाना पकाउने जवानको रुपमा नियुक्त भएका थिए। सिंह भारत स्वतन्त्र हुनुअघि नै सन् १९४५ को डिसेम्बर १७ मा सेवानिवृत्त भइसकेका थिए।

सिंहको पोस्टिङ हाल पाकिस्तानमा पर्ने बालोचिस्तानमा थियो। उनको निधन सन् १९९१ मा भएको थियो। यो परिवारले ७१ वर्षदेखि पेन्सन खादैँ आइरहेको छ। सन् १९४५ मा सिंहले आफ्नो पहिलो पेन्सन मासिक १० भारतीय रुपियाँ बुझेका थिए। अहिले १ सय १० उमेरकी कौर मासिक १६ हजार २ सय ५० बुझछिन्।  

रमाइलो कुरा, उनको २ छोरामध्ये सुबेदार प्रितम सिंह पनि भारतीय आर्मीबाट सेवानिवृत्त भइसकेका छन्। ७६ वर्षिय प्रितम पनि सन् १९८६ देखि पेन्सन बुझ्दै आइरहेका छन्। कौर यिनै छोराबाट पेन्सनसम्बन्धि सरकारले लागु गर्ने नयाँ कानुनको कुरा बुझने गर्छिन्। प्रितमले आफ्ना पिताले २० वर्ष ब्रिटिस आर्मीमा सेवा गरेको बताए। पिताको निधन हुँदा पेन्सनवापत ३ हजार ५ सय भारतीय रुपियाँ आउने गरेको उनको भनाई थियो।
प्रकाशित मिति: मंगलबार, भाद्र २८, २०७३ १३:५७:५४
Previous
Next Post »