खुर्सानीको धुलो छरेर महन्थ ठाकुरको घरमा चोरी प्रयास


भदौ २४


काठमाडौं– तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको ठिमि स्थित घरमा शुक्रबार साँझ चोरीको प्रयास भएको छ ।

करिब तीनजनाको समुहमा आएका व्यक्तिहरुले ठाकुरलाई भेट्नु छ भन्दै घर भित्र प्रवेश गरी ठाकुर की छोरी मिनाक्षीको आँखामा खुर्सानीको धुलो छरेर ब्रिफकेस लुट्ने प्रयास गरेका थिए । मिनाक्षी र लुटेरा बिच केही बेर ब्रिफकेस खोसाखोस भएको र मिनाक्षी लडेर टाउको र हातमा चोट लागेको छ । उनको अहिले बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ ।
ठाकुर भने प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुसँग बैठकमा थिए ।

Previous
Next Post »