एस.एल.सी दिने सपना बोकेकी मृगौला रोगी सिताको उपचार खर्च अभाव


 भाद्र २४  |

प्यूठान– अन्धविश्वको कारण धामी, झाक्रि तिर लाग्दा अहिले आर्थिक अभावले उपचार नपाउँदा विगत ३ महिना देखि घरमै जिउदो लास जस्तै बनेर बसेकी छिन् मृगौला रोगी सिता पोख्रेल । मृगौरा खराब भएको छ भन्ने कुरा विगत ९ महिना पहिलानै थाहा भएपनि आर्थिक अभावले उनको उपचार हुन सकेको छैन् ।

तुषारा –९ कुता निवासी २१ बर्षिय विद्यार्थी सिता पोख्रेल मृगौला खराब भएपछी सिद्धार्थ सिटि हस्पिटल भैरहवामा भर्ना भएकी थिइन । तर उपचारका लागि आर्थिक सहयोग पाउन नसके पछि झनझन समस्याले ग्रस्त बन्दै घरमै दिनहरु विताउन बाध्य बनेकी छिन् सिता ।

एक्कासी बिरामी भइ धामी, झाक्रि तथा स्थानीय स्वास्थ्य संस्थाबाट केही सीप नलागे पछि, विभिन्न अस्पताल हुँदै मृगौला पीडितका वुवा बसन्त जैसीले ५ पटक सम्म दिल्ली पु¥याएको बताउछन् । ‘त्यसपछी सिद्धार्थ सिटी हस्पिटल भैरहवामा पुयाएका ’– पीडितका बुबा बसन्तले भने– ‘हस्पिटलको रिर्पोट कुरेर बसेको थिए, हातमा केही समय पछि मृगौला खराब भएको रिर्पोट आयो ।’–उनी रुदंै भन्छन– ‘मैले कल्पना समेत गरेको थिए न की मेरो छोरीको शरिरमा यति ठुलो रोग छ भनेर, त्यो रिर्पोट हेर्दा म छागाबाट खसेजस्तै भए । अव के गर्ने भन्ने निणर्य लिनै सकेन र छोरीलाई घर फर्काएर लिएको हुँ ।’ आज अन्धविश्वासकै कारण समयमै राम्रो अस्पताल न पु¥याउदाँ छोरी मृत्यु कुरेर बस्न बाध्य भएकी छिन उनले भने । घरमा भएको अलिअलि रकम पनि धामी, झाँक्री र दिल्ली जाते आतेमै सिध्याए पछि ऋणधन समेत नपाउदां उपचार गर्नका लागि केही उपाए नलागेको बसन्तले बताउछन् ।

दिल्लीबाट औषधी लिएर नेपाल फर्के पछि फेरी प्यूठान, गुल्मी, अर्घाखाँची जिल्लाका विभिन्न ठाँउमा रहेका धामी झाक्रि समेत कोही बाँकी नराखेको उनी बताउछन् ।

उपचार नपाउदा वेला वेलामा वेहोस हुने सिता ब्लड लिदै बाचेकी छिन्, उनी समय समयमा वर्वराउने, रुने, कराउने, बेसुरे हुने र कान पनि कम सुन्ने गर्दा जिल्ला स्वास्थ्य कार्यालयमा ल्याउने गुलकोज चढाउने अनि होसमा आए पछि घर फर्काउने गर्दै गुजारा गर्दा शरिर झनै कमजोर बन्दै गएको मृगौला पीडित सिताको परिवारले बताउछन् । कतैबाट केही स्रोत जुटेमा तत्काल सिताको उपचारका लागि हिड्ने आशामा घण्टा कुरेर बसेको त्यो परिवार दुखद पीडामा मलम लगाउन सहयोगी हातहरुको अति आवश्यक रहेको छिमेकीहरु बताउछन् ।

‘छोरीको उपचारका लागि अस्पताल कसरी जानु, बाटो हिड्यो पैसै चाहिन्छ, आफुसंग २/४ हजार पनि छैन’,– पीडित सिताकी आमा देवा जैसीले रुंदै भन्छिन्– ‘सवै थोक पैसा नै रहेछ, हामी गरीबहरुले त विसन्चो हुंदा पनि उपचार गर्ने खर्च नहुंदा मर्नु पर्ने बाध्यता हुंदो रहेछ ।’ गरिवलाई रोग लाग्नु नै अभिशाव भएको छ । आर्थिक विपन्न भएकै कारण छोरीको यो अवस्था कति दिन हुर्ने, नहेरेर पनि के गर्नु अन्यौलमा परेको भन्दै एक जनाले गर्दा घरका सवै परिवार मानसिक सन्तुलन गडबढ आउला जस्तो भएको पीडितकी आमा देवाले बताउछिन् ।

\सामान्य अवस्था भएको बेला यता छोरी सिता भने छिट्टै उपचार गरी सन्चो भए पछि एस.एल.सी. दिने आशा व्यक्त गर्ने गरेको परिवारले बताउछन् । सत्य मा. वि. तुषारामा २०७१ सालमा एस एल.सी. दिएर असफल भए पछि फेरी दिने भन्दै तयारीमा लागेकी उनलाई अहिले सपना जस्तै भएको छ ।


Previous
Next Post »