एमालेलाई सहमतिमा ल्याउने फर्मुला म सँग छ नआएको खण्डमा छडी लगाउने प्रधानमन्त्री दाहाल

एमालेलाई सहमतिमा ल्याउने फर्मुला म सँग छः प्रधानमन्त्री दाहाल



प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशवादी दलहरुका असन्तुष्टि सम्बोधनका लागि संविधान संशोधनको तयारी भइरहेको तर आफ्नो भारत भ्रमण पहिले संशोधन प्रस्ताव संसद्मा पेश गर्न भने सम्भव नरहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले भारत भ्रमण पहिले नै संशोधन प्रस्ताव दर्ता गर्ने आफ्नो इच्छा भए पनि दलहरुबीच सहमति नजुटाइ प्रस्ताव पेश गर्नुको औचित्य नहुने भएकाले तत्काल नै संशोधन प्रस्ताव पेश नहुने बएका हुन्।
प्रधानमन्त्री दाहालले आइतबार व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा संविधान संशोधनका लागि दलहरू सहमतिको नजिक पुगेको दाबी गरे।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीमांकन हेरफेरका लागि संविधान संशोधनमा सहमति नजनाउने बताउँदै आएकामा प्रधानमन्त्री दाहालले संशोधनमा सहमति नजनाइ एमालेलाई सुखै नरहेको बताए। उनले एमालेलाई सहमतिमा ल्याउने फर्मुला आफूसँग रहेको र त्यो फर्मुलापछि एमालेले संशोधमा सहमति जनाउने दाबी गरे।
मधेशवादी दलहरुले सीमांकन हेरफेर, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विषयमा संविधान संशोधनको माग गर्दै आएका छन्।
प्रकाशित मिति: आइतबार, भाद्र २६, २०७३ १४:१५:२५
Previous
Next Post »