रुखलाई पक्राउ गर्ने आदेश, साङ्लाले बाँधियो रुख



  
भदौ २३ – पाकिस्तानको पेशावरमा भएको एउटा रुखलाई चारैतिरबाट साङ्लोले बाँधेर राखिएको छ  । झट्ट हेर्दा यस्तो लाग्छ विगतमा बेलायती उपनिवेशका क्रममा भोगेको दासत्वको प्रतीकका रुपमा रुख त्यसरी बाँधेर राखिएको हो । तर यथार्थ भने निकै फरक छ । रुखको नजिकै पुगेपछि वास्तविकता बुझ्न गार्हो पर्दैन । किनभने रुखमा लेखिएको छ – म पक्राउ परेको छु । एक साँझ एकजना बेलायती अधिकारी रक्सिले मातेका थिए, उनले सोचे म आफ्नो पहिलेको ठाउँबाट सरेँ । त्यसैले उनले मलाई पक्राउ गर्न आदेश दिए । त्यहिबेलादेखि म बन्धक छु । 
सन् १८९८ तत्कालिन बेलायती अधिकारी जेम्स स्क्विडले आफू रक्सिले मातेको बेला रुखलाई पक्राउ गर्न आदेश दिएका थिए ।
Previous
Next Post »