स्वास्थ्यमन्त्री गगन थापाले कान्ति बाल अस्पतालबाट गरे यस्तो अपील

स्वास्थ्यमन्त्री गगन थापाले कान्ति बाल अस्पतालबाट गरे यस्तो अपील
भदौ २८

काठमाडौं–स्वास्थ्य मन्त्री गगन थापाले आर्थिक अभावका कारण उपचारबाट वञ्चित बालबालिकाहरुको सहयोगका लागि काठमाडौवासीसँग अपिल गरेका छन् ।GAGAN THAPA (2)

स्वास्थ्यमन्त्री थापाले मंगलबार कान्ति बाल अस्पतालको निरीक्षणपछि जन्मदिन र अन्य अवसरमा गरिने खर्च कटौती गरेर आर्थिक अभाव झेलिरहेका बालबालिकाको उपचारका लागि सहयोग गर्न अपिल गरेका हुन् ।
अस्पतालका चिकित्सकहरुले रकम जुटाउन नसक्ने सबै बालबालिकालाई अस्पतालले स्रोतको अभावमा उपचार गराउन नसक्ने र कतिपय बालबालिका उपचार नै नपाइ फर्कने गरेको बताएपछि स्वास्थ्यमन्त्री थापाले सहयोगको अपिल गरेका हुन् ।

उनले गरिब बालबालिकाहरुको उपचारका लागि अस्पतालले जति सहयोग रकम संकलन ग¥यो मन्त्रालयले पनि त्यति नै रकम दिने प्रतिबद्धता जनाए ।

स्वास्थ्य मन्त्री थापाले कान्ति बाल अस्पतालमा ५२ बेडको एकीकृत आइसीयु सेवा संचालन र इमर्जेन्सी कक्षको सुधारका लागि पनि मन्त्रालयले आवश्यक रकम सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले मन्त्रालयका चिकित्सकह


Previous
Next Post »