विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेको राजीनामा स्वीकृत

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेको राजीनामा स्वीकृत


काठमाडौं– मन्त्रिपरिषद् आजको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको राजनीनामा स्वीकृत गरेको छ । उनले शुक्रबार पदबाट राजीनामा दिएका थिए । mukesh raj kafle
उर्जामन्त्री जनार्दन शर्माले चर्को दबाब दिएपछि काफ्लेले राजीनामा दिएका थिए ।

यसअघि उर्जामन्त्री शर्माले काफ्लेलाई बर्खास्त गर्न भन्दै मन्त्रिपरिषदमा प्रस्ताव नै लगेका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्खास्त गर्नु पर्ने प्रस्ताव रोकेर राजीनामा दिन आग्रह गरेपछि काफ्लेले राजिनामा दिएका थिए ।

खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका तत्कालिन प्रवन्ध निर्देशक रामेश्वर यादव भ्रष्टाचारको आरोपमा निलम्बनमा परेपछि दोश्रो वरियताका काफ्लेले आफू कार्यकारी निर्देशक बन्न पाउनु पर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।
जस अनुसार काफ्ले २ वर्षअघि सर्वोच्च अदालतबाट मुद्दा जितेर प्राधिकरणको कार्यकारी अधिकृत नियुक्त भएका थिए । तीन महिना कार्यकाल रहँदै काफ्लेले राजीनामा दिएका हुन् ।


Previous
Next Post »