धर्म परिवर्तन गराउदै हिड्ने ईसाइको बिरोध किन गरिन्छ ?

धर्म परिवर्तन गराउदै हिड्ने ईसाइको बिरोध किन गरिन्छ ?

कुल जनसंख्याको झन्डै ९३% ओमकार परिवार बस्ने देसको नाम हो नेपाल । त्यहि भएर संसारले ‘बिश्वको एकमात्र हिन्दुराज्य नेपाल’ भनेर चिनेको छ । यहि परिचयलाई नामेट पार्न ईसाइहरुका नाईकेहरुले केहि नेपाली भरौटे दलालहरुलाई हाम्रो देसको अशिक्षित गरिब, दलित तथा अन्य जनजातीहरुलाई ललायेर, फकाएर, धम्क्याएर, तर्साएर, लोभलालचमा पारेर मौलिक धर्म त्याग्न लगाई ईसाई धर्ममा प्रबेस गराउन युद्धस्तरमा कम्बर कसेर लागेका छन जुन गलत काम हो ।
हिन्दु धर्मलाई सारा संसारका नागरिकहरुले चिनेको र बुझेको भएर ईसाइहरुले जस्तरी आफ्नो धर्मको प्रचार गर्दै कहिले पनि हिड्दैनौ  । ईसाइहरुले अतिनै ज्यादती गरेको भए हामि आज बाध्य भएर ईसाइ धर्मको बिरुद्धमा उत्रिनु पर्ने महशुस भयो । तलका १४ कारणले गर्दा हामि ईसाई धर्मको बिरोध गर्दैछौ ।
हेर्नुहोस ति १४ कारणहरु यस प्रकार रहेको छ ।
हामी सामाजिक प्राणी हौ । त्यसैले हामीले अरु संग जस्तो ब्यबहार गर्छौं त्यस्तै सकारात्मक ब्यबहार खोजेका हुन्छौं । देख्नमा के आएको छ भने इसाई मित्रहरुको पर्व क्रिसमस डे मा हामी नेपाली शुभकामना दिन्छौं तर इसाईहरु  हिन्दु ओमकार परिवार भनेका मुर्तिपुजक भन्दै हिन्दु ओम्कारहरुको चाड पर्वमा शुभकामना दिनु हुन्न भनेर आफ्ना अनुयायीहरुलाई फरमान जारि गर्छन ।
हामी चर्चमा गएर पनि हाम्रै इश्वरलाइ सम्झाउने स्थल हो भनेर श्रद्धापुर्वक आदर सम्मान गर्छौं तर हाम्रा देवीदेवताका स्थलमा आज सम्म नेपाली इसाईहरु जान रुचाउदैनन । जाने जति लाइ सैतानको धर्म भनेर निन्दा गर्छन र गर्न लगाउछन ।
हामी मौलिक धर्म प्रेमीहरु सबैको सुख दुखमा साथ दिन्छौं तर इसाईहरु त्यस्तो समयमा पनि यिनीहरु धर्मको मान्छे हैन भनेर वास्ता नगरेको देखिन्छ । कथंकदाचित गरे भने पनि धर्म परिवर्तन गर्न प्रेरणा दिन बाकि राख्दैनन ।
मौलिक धर्म मान्ने या नमान्नेले खोलेका रोजगार दाता ब्यबसाय , कम्पनि कार्यालयमा कहिले पनि तँ कुन धर्म मान्ने होस ? भनेर सोधिन्न , उसको योग्यता हेरेर र अनुकुल मिलाएर रोजगार दिने गर्दछन तर इसाईले खोलेका कुनै पनि प्रोजेक्टमा माथिल्लो निकायमा पुग्न या निरन्तर काम गर्न इसाई नै बन्नु पर्ने बाध्यता सिर्जना गरिन्छ । यसको उदाहरण हाम्रै भागवत सेवा संघका सदस्य हरु पनि छन् । अरु पनि हुन सक्छन । हुनुहुन्छ भने टिप्पणी गर्न नडराउनु होला ।
इसाईले खोलेका कुनै पनि स्कुलमा हिन्दुहरु या मौलिक धर्म मान्नेलाइ योग्यताको आधारमा काम दियिन्न बरु उसले धर्म परिवर्तन गर्यो भने मात्र काम दियिन्छ । नेपालका हरेक इसाई स्कुलमा गएर हेर्दा हुन्छ । जब कि मौलिक धर्म मान्नेले खोलेका स्कुलमा यस्तो कुनै हालत ले पनि गर्दैनन्  ।
इसाई भए उपचार खर्च छुट , नभए पुरा शुल्क लिने परम्परा इसाइले खोलेका प्रत्येक अस्पतालमा देख्न सकिन्छ । सुन्नमा आएको छ कि यो काममा मिसन अस्पताल भनेर चिनिएको पाटन अस्पताल ललितपुरको बिसेष भूमिका छ  । केहि नगरी पक्कै नाम आएको हैन होला ।
नेपालको दक्षिण सिमा पर्सा जिल्ला नजिकै भारत बिहारको सिमावर्ती रक्सौल बजारमा ईसाई मिसनरीले खोलेको ‘डंकन अस्पताल छ’ त्यहा उपचार गर्न जानेको हातमा ईसाई धर्मको पर्चा पम्प्लेट थमाईन्छ । त्यसै धनुषा जिल्लाको महेन्द्र राजमार्गमा पर्ने लालगढको उत्तरी डांडामा अवस्थित कुस्टरोगीहरुको लेप्रोसी अस्पताल पनि यस्तै नै हो  । स्पस्ट भन्नु पर्दा यस्ता स्कुल र अस्पताल इसाई बनाउने कारखाना नै हुन । आखिर किन यस्तो गर्छन् ? धर्मको नाममा भेदभाव । जबकी हिन्दुहरुले आजसम्म कुनै इसाई उपचार गर्न आयो भने भेदभाव गरेको छैन  ।  लम्जुंग सामुदायिक अस्पतालमा त हिन्दुहरुले सिडिओ कार्यालयमा गएर धर्मको नाममा भेद भाव गरेर तलब कम दिएको ज्ञापन पत्र बुझाएकै हुन्  ।
कोइ व्यक्ति राजीखुसीले अन्य पन्थ या धर्ममा लाग्दछ भने कसैको टाउको दुख्नु पर्ने कारण छैन तर इसाईहरु हरेक घर घरमा गएर हाम्रैमा लाग्नु होस् भनेर किन मीठो या अनुकुल परेको खण्डमा दबाब पनि दिने देखि ध्म्क्याउन समेत पछी पर्दैनन ।
हाड मासुको शरीर हो मान्छे । कहिलेकाही दुख: बिमार हुन्छ तर बिमार भएका व्यक्तिहरुलाइ तिमीहरुले शैतानको पुजा गरेकोले रोग निको नभएको भनेर किन हाम्रो आस्था मा चोट पुर्याउछन् ?
एकातिर चंगाई देखि प्रार्थना गर्न ले या हाम्रो धर्म मा लाग्यौ भने रोग निको हुन्छ भन्ने अर्का तिर जताततै अस्पताल खोल्दै हिड्ने । प्राथना गर्दैमा रोग निको हुने भए अस्पताल किन खोल्ने ? यो दोधारे प्रवृत्ति हो कि हैन ?
सबै देशको आफ्नो पहिचान हुन्छ , संस्कार हुन्छ , त्यसलाई जोगाउनु हामी सबैको दायित्व हो तर इसाईहरु सकेसम्म पुरा प्रयाश गरेर अन्य धर्मलाई किन मेटाउन खोज्छन ? के हाम्रो पशुपतिनाथको मन्दिर लगायत नेपालका प्राचीन मन्दिरमा कोइ जाने नहुने हो ? के यी सबैलाइ धर्मको नाम दिएर भत्काउनु पर्ने हो ? के पुरातात्वीक सम्पदाको संरक्षण गर्दा अधर्म हुने हो ? के बुद्धको नाम लिदा नरक जानु पर्ने र मुक्ति नमिल्ने हो ? आखिर किन यस्तो दुस्प्रचार गर्छन ? भर्खर इसाई बनेका व्यक्तिले यी सबै कुरा को खण्डन गर्नु पर्ने हो ? के यहि हो राष्ट्र प्रति को प्रेम ? जसरि भए पनि यहाँ सबै प्राचीन तत्व मेटाएर इसाईवाद थोपर्न खोज्दैछन ।
सबै धर्म को मुख्य मर्म भनेको मानवीय धर्म हो । प्राणि मात्रमा दया हुनु र संरक्षण गर्नु हो तर इसाईहरुमा किन मानवीय भावना निस्वार्थ रुपले देखिन्न ? आफ्नै गुट मात्र तयार गर्ने भावना प्रबल किन देखिन्छ ?
‘धर्म’ भनेको परोपकारी र अरुको भावनालाइ सम्मान गर्ने हुनु पर्दछ  तर इसाईहरु अरुको अस्तित्व किन स्वीकार्न सक्दैनन् . भेटे सम्म गुम्बालाइ पनि आलु गोदाम बनाउन किन लागिपरेका छन् ?
इसाई केवल धर्म प्रचार गर्नु र सेवा गर्नु नै हो भने किन अस्ति गएको चुनावमा फाल्नु लाइ मात्र भोट हाल्नु भनेर टेलिभिजन मा नै हुकुम फरमान जारी गरे ? सेवा गर्ने र सुसमाचार सुनाउन राजनीति गर्नु पर्छ ?
जब जब धर्म निरपेक्षको बिरुद्ध आवाज उठ्छ त्यो त्यो बेलामा सबै भन्दा बढी इसाईलाइ किन पेट पोल्छ ? बाँसै बाँस भएको ठाउ लाइ बाँसबारी र सल्लाको रुखै रुख भएको ठाउ लाइ सल्लाघारी नभनेर के सिस्नुघारी भन्नु त ? के हिन्दु बाहुल्य भएको स्थानमा हिन्दु रास्ट्र भन्दा तिनीहरुलाइ किन अप्ठ्यारो परेको ? यदि वास्तवमानै इसाईहरु धर्म निरपेक्षको वकालत गर्ने हुन भने विश्वमा इसाई राष्ट्र किन यति धेरै ? किन इसाई राष्ट्रले धर्म निरपेक्ष रास्ट्र भनेर आफ्नो राष्ट्रलाइ घोषणा गर्न सक्दैन ?
अनि देखाउने दात र चपाउने दात किन फरक गर्दछन इसाईहरु ?
अन्त्यमा,
श्रीमती ज्यु ? तपाइँ येशुलाइ मान्नु हुन्छ भने मान्नुस, तर हाम्रो यो सानो बच्चालाइ आमाको माया देखि बन्चित नगर्नुस भन्दा बटारिएर तैले नै जसरि भए पनि हेर , कि भने तँ पनि इसाई बन, मुर्ति पुजा गर्न छोड भनेर श्रीमान्लाइ किन धम्क्याउछन् र धम्क्याउन सिकाउछन् इसाईहरु ? यस्ता त कयौं पीडित छन् हाम्रो समाजमा ।
देखिएको सत्य, तथ्य र यथार्थ बयान गरि दिएको छु । देस रह्यो भने नेपाल भनेर भन्न पाईन्छ । नेपाल रह्यो भने नेपाली भनेर चिन्न पाईन्छ तर ईसाइ धर्मको माध्यमबाट नेपाल भन्ने देसको पहिचाननै मेटाउन बिदेसी देखि बिदेसिले फाल्देको जुठोहडृीमा रमाएर  हाम्रै स्वदेसी दलालहरु लागेको हुँदा समयमै जागेनौ भने हामीले पनि अफ्रिकी देसको हालत र सिक्किमे नागरिकहरुको नियति भोग्न नपर्ला भनेर भन्न सकिदैन ।
Previous
Next Post »