शुक्रबार मध्यरातमा तुलसीपुुर–१५ ग्वारखोलामा प्रहरीको गोली लागि घाइते भएका व्यक्ति माओवादीका पूर्वलडाकु भएको खुल्न आएको छ।
रामपुर गाविस वडा नं. ९ निवासी २७ वर्षीय दानबहादुर वुढा राज्यबाट पाँच लाख बुझेर स्वेच्छिक अवकास लिएका माओवादीका पूर्वलडाकु भएको खुल्न आएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए।
बुढाको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको छ। राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारपछि बुढा डिस्चार्ज भइसकेको भए पनि उनी प्रहरीको नियन्त्रणमै छन्। घाइते बुढा लगायतका व्यक्तिहरूले व्यापारीहरूलाई फोनमा धम्की दिएर रकम असुली गर्दै आएको भन्ने जानकारी प्राप्त भएको प्रहरीको दाबी छ।
प्रहरीले पक्राउ परेका ८ जनालाई सार्वजनिक अपराध सम्बन्धि मुद्दा चलाउने तयारी गरेको छ। ग्वारखोला किनारमा गुन्डा नियन्त्रण गर्ने क्रममा प्रहरीले शुक्रबार राति गोली चलाएको थियो।
ConversionConversion EmoticonEmoticon