काठमाडौं– हिन्दु युवा जनशक्ति संघ– नेपालले ईसाईहरुको संस्था ख्रिस्टियन महासंघले दशैंको समयमा धर्म प्रचार गर्ने निर्णय गरेको भन्दै आपत्ती जनाएको छ ।
संघले एक विज्ञप्ती जारी गर्दै ख्रिस्टियन महासंघल दुई दिनसम्म चलेको भेलाले राज्यको हरेक निकायमा ईसाईहरुलाई समानुपातिक समाबेशी प्रतिनिधित्वको सुनिश्चितताका साथै राजकोषबाट बजेटको माग गर्दै दशैको समयमा धर्मको प्रचार गर्ने र आन्दोलन गर्ने गरी गरेको निर्णय प्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा ईसाईहरुले बिभिन्न प्रलोभन दिएर जबरजस्ती धर्म परिवर्तन गराउने गरेको आरोप समेत लगाइएको छ ।
विज्ञप्तीमा भनिएको छ–९४प्रतिशत सनातन धर्मालम्बीको बासोबास रहेको देशमा सरकारले धर्मपरिवर्तनको बिरुद्धमा जारी गरेको परिपत्र खारेज गर्न माग गर्नु र देशभरि गैरसरकारी संस्था, स्कुल, कालेज र अस्पताल खोलेर धर्मपरिवर्तन गराउन सक्रिय रहदा पनि सरकारले कुनै ठोस कदम उठाउन नसक्नु दुर्भाग्य रहेको संघले ठहर गरेको छ ।’
संघले धर्मपरिवर्तन गराउने उदेश्यले खोलिएको गैर सरकारी संस्था, विधालय र अस्पतालहरुको तत्काल पहिचान गरी कारवाही थाल्न सरकारको ध्यानाकर्षण समेत गरेको छ ।
ConversionConversion EmoticonEmoticon