डा. गोविन्द केसीको नवौं अनसन १२ औं दिनमा दशैसम्मको लागि स्थगित

डा. गोविन्द केसीको नवौं अनसन १२ औं दिनमा दशैसम्मको लागि स्थगित


आश्विन २१, २०७३- प्रा.डा.गोविन्द केसीले १२ दिन देखी जारी नवौं आमरण अनसनलाइ शुक्रवार राती दशै सम्मको लागि स्थगित गरेका छन् । डा.केसीले दशैंको समय सत्याग्रह जारी राख्दा आम नागरिकहरुको पर्व खल्लो हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै दशैंभरको अवधिकालागि सत्याग्रहको कार्यक्रम स्थगित गरेको जनाएका छन् I आम नेपालीको गुणस्तरीय, सर्व सुलभ स्वास्थ्य शिक्षा र सेवाको अधिकार प्राप्तिको प्रकृयामा सरकार र सांसद उदासिन रहेको जनाउदै डा.केसीले चार बुँदे मागसहित त्रिवि शिक्षण अस्पताल हातामा अनसन शुरु गरेका थिए । यस अघि समेत सातौं पटक आमरण अनसन थाल्दा मधेश आन्दोलन चरम स्थितिमा पुगेपछि डा.केसीले यसलाई स्थगित गरेका थिए । हालसम्म डा.केसीद्वारा गरिएको ७ वटा अनसनहरु सरकारवाट विभिन्न सम्झौता भएपछि तोडिएको हो । डा.केसीले आफू १२ दिन देखी अनसनमा रहँदाको अवधिमा राज्य पक्षबाट देखिएको चरम संवेदनविहीनता, गैर जिम्मेवारीपन र लाचारी सबैसामू प्रस्ट भएको जनाएका छन् । झण्डै ६ सय व्यक्ति सदस्य रहेको संसदमा भ्रष्ट र माफिया भएको प्रमाणित भइसकेको अख्तियार प्रमुख लोकमानसिंह कार्की माथि महाभियोगको संसदीय प्रक्रिया अघि बढाउन आवश्यक तीन संख्या पनि नपुग्नु मुलुकको लोकतन्त्रकै लागि लज्जाको विषय रहेको जनाएका छन् । 

 गत आठ महिना देखि चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन नियुक्ति हुन नसक्नुले राजनीतिक भागवण्डा र दलालीबाट आएका विश्वविद्यालयका पदाधिकारीहरु र सम्बन्धित मन्त्रीको निकम्मापन र नालायकी देखाएको समेत उनले जनाएका छन् । चिकित्सा शिक्षा ऐन संसदमा पेश गर्ने बेला जानी जानी हामीले आफूहरुले उठाउदै आएका धेरै कुराहरु नसमेटिंदा त्यो विद्यार्थी मुखी र जनतामुखीहुन नसकेको जनाउदै डा.केसीले अघिल्लो साल मात्र तोकिएको मेडिकल शिक्षाको शुल्क झण्डै दोब्बर हुने गरी निजी मेडिकल कलेजका प्रतिनिधिहरु सम्मिलित कथित समितिले बनाएको प्रतिवेदन लागू गरेर पाच अर्ब रुपैया सम्म विद्यार्थी र अभिभावकबाट लुट्ने प्रपञ्च भइरहेको दावी गरेका छन् । स्वास्थ्य मन्त्री गगन थापाले मन्त्रालयमा गत विहीवार गरेको पत्रकार सम्मेलनमा समेत डा.केसीलाइ अनसन स्थगित गर्न आग्रह गरेका थिए । उनले उठाएको धेरै माग पुरा भएको र केही माग पुरा गर्ने प्रकृयामा रहेको भन्दै थापाले त्यसको लागि केहि समय पर्खिन आग्रह गरेका थिए । अनौपचारिक छलफलसमेत निष्कर्षमा​ पुग्न सकेन डा.केसीका प्रतिनिधि र शिक्षा एवं स्वास्थ्य मन्त्रालयका निमित्त सचिव विच शुक्रवार भएको अनौपचारिक छलफल समेत निष्कर्ष विहिन भएको थियो । शिक्षाका र स्वास्थ्य का निमित्त सचिव द्वय डिल्ली रिमाल एवं डा. पदम वहादुर चन्दले डा.केसीका प्रतिनिधि संग शुक्रवार अनौपचारिक भेटवार्ता गरेका थिए । ‘उहाहरु के हेर्न आउनु भएको हो, थाहा भएन’, डा.केसीका प्रतिनिधि डा.रन्जन सापकोटाका अनुसार उक्त अनौपचारिक छलफल समेत कुनै निष्कर्षमा पुगेन । ‘अहिले सम्म सरकारले हामीलाइ कुनै प्रस्ताव दिइएको छैन’, सरकारी पक्ष संग अनौपचारिक छलफल पछि डा.सापकोटाले शुक्रवार साझ कान्तिपुर संग भने–‘आज १२ औं दिन उहाहरु सोध्दै हुनु हुन्छ, डा.केसी के चाहन्छन ?’ उक्त छलफलमा सरकारले तत्काल पुरा गर्न सक्ने मागहरुको विषयमा सरकारी पक्षलाइ जानकारी गराउने काम भएको थियो । निमिक्त सचिव द्वयले शिक्षा र स्वास्थ्य मन्त्रीलाइ यो विषयमा वताउने जनाएको केसी प्रतिनिधिले उल्लेख गरे । पुर्व सम्झौता अनुसार तिन वटा वुदाहरुमा सरकारले तत्काल पुरा गर्न सक्नेसमेत केसी प्रतिनिधिले सरकारी प्रतिनिधिलाइ बताएका थिए । यस अन्तर्गत डिन नियुक्त, पुर्व सम्झौता अनुसार शुल्क निर्धारण गर्नु पर्ने समेत थियो । यस्तै काठमाडौं विश्वविद्यालय, त्रिवि र नेपाल मेडिकल काउन्सिलमा सिट निर्धारण, परिक्षा सम्वन्धन, विस्तारित कार्यक्रम लगायतका अनियमितता छानविन गर्न न्यायिक आयोग गठन हुनु पर्ने छन । स्वास्थ्य र शिक्षा मन्त्रालयका उच्च श्रोतको अनुसार डा.केसीको मागलाइ शिक्षा मन्त्रालय सम्वेदनशील भएर अलि सकरात्मक पहल गर्दा पुरा हुन सक्छ । बरिष्ठताको आधारमा चिकित्सा शास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति अति सामान्य कुरा भए पनि त्रिविका उपकुलपतिले गर्दा यसलाइ ६ महिना देखी लम्व्याइएको दावी समेत श्रोतको छ । यसपटकको अनसनमा स्वास्थ्य जटिल प्रा.डा.गोविन्द केसीको नवौ आमरण अनसन १२ औं दिनमा पुग्दा पहिलेको दाजोमा स्व्ँँस्थ्य जटिल भएको थियो । यस अघिका अनसनमा १०–११ दिन पछि देखिने स्वास्थय समस्याहरु यस पटकको अनसनमा धेरै पहिले नै देखा परेको थियो । उनलाइ मांसपेशी वाउडिने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या देखिएको थियो । उनको रगतमा सुगरको मात्रा अत्यन्त न्युन हुनुको साथै पिसावमा किटोन बढी देखिने क्रम समेत जारी थियो । नवौ अनसनको पछिल्लो दिनहरमा रगतमा म्याग्नेसियम र क्याल्सियमको मात्रा मा कमी देखिए पछि मुटू सम्वन्धि खतरा बढेको थियो । हाल डा.केसी वोल्दा मुटूको चाल एक्कासी बढने गरेकोले उनलाइ निरन्तर अक्सिजन दिइ राखिएको थियो । तर अक्सिजन दिदा समेत यसको रगतमा स्याचुरेसन कम हुने र सास फेर्न गार्हो हुने भए पछि अक्सिजनको वहाव(फलो)लाइ समेत बढाइएको थियो । निरन्तर को अनसनले रगतमा सेता रक्तकोषको संख्या कम हुदै गएकोले संक्रमणको जोखिम समेत देखिएको थियो । यस्ता छन् नवौं अनसनमा डा.केसीले उठाएका माग १) सरकार समक्ष हामीले पेश गरेका सुझाव अनुरुप संशोधन गरी चिकित्साशिक्षा ऐन संसदको यहीअधिवेशनबाट तुरुन्त पारित गरियोस् ।

 २) अदुअआ प्रमुख लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्कालमहाभियोगको प्रक्रिया अघि बढाइयोस् । ३) मेडिकल शिक्षाको शुल्क माथेमा कार्यदलले निर्धारण गरे बमोजिमतथा पछिल्लो सम्झौता बमोजिम कायम गर्दै पछिल्लो चोटि निजी मेडिकल कलेजका प्रतिनिधिहरु द्वारा बनाइएको कथित समितिको निर्णय खारेज गरियोस् । ४) पदीय जिम्मेवारी निभाउन नसक्ने तथा सुधार प्रयासमा बाधक बनेका त्रिवि उपकुलपति तीर्थ खनियालाई बर्खास्त गरियोस् । ५) अघिल्लो पल्ट भएको सम्झौताका बाकी बुदा तत्काल कार्यान्वयन गरियोस् आइओएम मा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्तिगरियोस् उच्चस्तरीय समितिको छानविनमा भ्रष्टाचार, अनियमितता र धाँधलीमा दोषी पाइएका आइओएमका पूर्व पदाधिकारीहरुलाई कारवाही गरियोस् काठमाडौं विश्वविद्यालय, त्रिभुवनविश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलमा विगतका सम्बन्धन, विस्तारित कार्यक्रम तथा सिट थप एवं परीक्षामा भएका अनियमितता, भ्रष्टाचार एवम् धाँधलीबारे छानविन गर्न न्यायिक छानविन आयोग पुनः गठन ठरियोस् । बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकापदाधिकारीहरुले गरेका सम्पूर्ण अनियमितता र धाँधलीको छानविन पनि सोहीआयोगले गर्ने व्यवस्थागरियोस् ।
Previous
Next Post »