के माओबादी,के कांग्रेस,के एमाले,उर्लियो जन सागर

के माओबादी,के कांग्रेस,के एमाले,उर्लियो जन सागर


प्रस्तावित पाँच नम्बर प्रदेश प्रभावित क्षेत्रका बिभिन्न दलका नेताहरुले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरेका छन् । तराईबाट पहाडी जिल्ला अलग गराईएको विरोधमा जनता सडकमा उत्रिएका वेला प्रमुख दलका वरिष्ठ नेताहरुले एउटै मञ्चबाट आन्दोलनको विकल्प नभएको बताएका हुन् ।

15253626_10208082850891432_3527676455909454902_n
शुक्रबार वुटवलमा आयोजित विरोध सभामा मुख्य राजनीतिक दलका वरिष्ठ नेताहरुले जनतो भावना अनुसारनै आफुहरु सडकमा आएको भन्दै उनीहरुले अन्तिम समयसम्म साथ र समर्थनका लागि पनि अपिल गरेका हुन् । विरोध सभामा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संशोधन प्र्र्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताउनु भयो । उहांले सडक र सदनबाट एकै पटक आन्दोलन गरि आन्दोलनलाई निष्कर्षमा पु¥याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम भुषालले पनि जनविरोध संशोधन प्रस्ताव जनता र संसदबाट अस्वीकृत हुने बताउनु भयो । कार्यक्रममा माओवादी केन्द्रका नेता टोप वहादुर रायमाझीले जनताको भावना र चाहना भन्दा ठूलो पार्टी नभएको बताउदै पांच नम्बर प्रदेशललाई टुक्रयाउने प्रयास पूर्ण रुपमा असफल हुने दावी गर्नुभयो । त्यस्तै नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विगतमा बनाइएको प्रदेश सबै हिसावले मिलेकोले अनावश्यकरुपमा जनतामा अशान्ति फैल्याउने काम गर्न नहुने बताउनु भयो । एमालेका नेता लिला गिरिको अध्यक्षता नेपाली कांग्रेस रुपन्देहीका सचिव
वहादुर खड्काको संचालन भएको कार्यक्रममा एमाले सचिव गोकर्ण विष्ट, माओवादी नेता रामचन्द्र भट्टराई, कांग्रेस रोल्पाको सांसद अमर पुन लगायतले बोल्नु भएको थियो । साविक पांच नम्बर प्रदेशका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा सबै राजीतिक दलहरुको सहभागिता र एक्यवद्धता कायम रहेको सन्देश प्रवाह गरिएको थियो ।
Previous
Next Post »