एमाले फुट्ने खतरा ! वामदेव नयाँ प्रधामन्त्री , कस्ले बनायो गोप्य योजना ?

एमाले फुट्ने खतरा ! वामदेव नयाँ प्रधामन्त्री , कस्ले बनायो गोप्य योजना ?

स्थानीय निकायको निर्वाचनअघि एमालेमा विभाजनको तयारी


२०,असोज,काठमाण्डौं । राजनीति यस्तो खेल हो जहाँ हरेक नाजायज कुरा जायज हुन्छ यदि कसैलाई लाभ हुन्छ भने । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारले हनीमुन मनाउन नपाउदै अर्को समिकरणले चलखेल सुरु भएको छ ।

नयाँ समिकरणको प्रधानमन्त्रीको रुपमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई अघि सारीएको छ । त्यसो त यो प्रयासमा माओवादी अध्यक्ष प्रचण्ड र शेरबहादुर देउवाले यसबारे कुनै धारणा बनाइसकेका छैनन् ।

तर काँग्रेसका दोश्रो तहका नेता र माओवादीका कयौ नेता प्रचण्ड सरकारलाई विस्थापन गर्न चाहन्छन् । तर यो एमालेलाई सहहयोग गर्न होइन वरु एमालेलाई विभाजन वा कमजोर बनाउने रणनीति अन्तर्गतको प्लान हो । भारत पनि नेपालमा एमाले कमजोर भएको हेर्न चाहान्छ । 

दिल्लीले यसमा सक्रिय भुमिका ननिभाएपनि फाइनल फैसला भने दिल्लीकै हातमा छ । एमाले र दिल्लीलाई नजिकबाट नियालीरहेका एकजना जानकार भन्छन–भारत नेपालमा एमालेलाई देख्न चाहदैन्,त्यसैले उ या एमाले कमजोर या त विभाजन भएको हेर्न चाहान्छ ।’ त्यसो त पछिल्लो समय एमालेभित्र भुसको आगो सल्कीरहेकै छ । 


यहाँसम्मकी एमाले केन्द्रिय समितिको वैठकमा वामदेव गौतमले एमाले अध्यक्ष ओलीलाई धम्कीपुर्ण भाषामा ‘तपाई वढी नबोल्नुस,तपाईले पुरै धर्ती थामेको नसोच्नुस’सम्म भनेका थिए । ओलीले मधेसलाई भारत र विहारी नागरिकको थलोसम्मको संकेत गरेपछि माधव नेपाल समेत ओलीसंग चिढीएका थिए । 

त्यसो त ओलीले माओवादीसंगको गठबन्धनमा बेइमानी गरेको भन्ने एमाले नेताहरुको कमी छैन् । दिल्ली निकट स्रोतका अनुसार स्थानीय निकायको निर्वाचनअघि एमाले विभाजन हुनसक्ने सम्भावना वढेर गएको छ । यो प्रक्रियाको नेतृत्व माधव नेपालले गर्नेछन् भने त्यसमा वामदेव गौतम,भीम रावलले सघाउनेछन् । तर झलनाथ खनालले भने अहिल्यै निर्णय गरेका छैनन् । यी सबैका लागि उपयुत्त पात्र भनेकै वामदेव हुन् । मौजुदा एमाले संरचनामा वामदेव गौतम निर्णायक भुमीकामा छन् तर उनी आफै बहुमत भने होइनन् । 

त्यसैले पनि उनलाई प्रधानमन्त्रीको रुपमा अघि सारीएको छ । यदी देउवाले उनलाई रणनीति अनुसार सहयोग गरे भने कुनै अन्यथा मान्नुपर्ने छैन् । यहाँसम्मकी कि त्यस्तो अवस्थामा प्रचण्ड पनि तयार हुनसक्छन् । वामदेव र प्रचण्ड आफैमा मिल्ने साथी पनि हुन् । तर यो प्रक्रिया कसरी अघि वढ्छ त्यो निकै महत्वपुर्ण विषय हो । 

स्रोतका अनुसार उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा नयाँ सत्ता समीकरणको चलखेल सुरु भएको र उक्त सरकारको लागि मन्त्री बन्ने नेताको सूचीसमेत तयार भइसकेको छ ।  स्रोतका अनुसार अहिलेको संक्रमणकालीन अवस्थामा कांग्रेस सरकारको नेतृत्वमा आउन चाहिरहेको छैन् । भारतले पनि अहिल कांग्रेसभन्दा अरु दलकै नेतालाई सरकारको नेतृत्व खोजिरहेको छ । स्रोत भन्छ यसबारे दिल्लीले केही नेताहरुसंग छलफल समेत चलाइसकेको छ । अब एमालेमा वामेदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव जानेछ । त्यहाँ ओलीले देखाउने व्यावहार र निर्णयमा एमालेको भविष्य निर्धारण हुनुक्छ । 

Previous
Next Post »