लोकमान कार्कीको अर्को गोप्य कुरा लिक, देखियो अर्कै ठाउँमा कनेक्सन


लोकमान कार्कीको अर्को गोप्य कुरा लिक, देखियो अर्कै ठाउँमा कनेक्सन


काठमाडौं, २० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र वेलायती सहयोग नियोग (डिएफआईडी) बीच को सम्वन्धलाई लिएर कुटनीतिक क्षेत्रमा सनसनी मच्चिएको छ 
आफ्नो विगतका नकरात्मक छविलाई आमसञ्चारका माध्यमले सार्वजनिक गरेर आफ्नाले मान मर्यादामा प्रश्न उठाएको भन्दै प्रमुख आयुक्त कार्कीले ठूलै मिडिया हाउस सञ्चालन गर्ने भन्दै डिएफआइडीलाई गरेको पत्राचार पछि सनसनी फैलिएको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
राजनीतिक दलभित्र आफ्नो बिषयलाई लिएर विवाद खडा गर्ने र गैर दलीय व्यक्तिको नेतृत्वमा चुनावी वा संक्रमणकालीन सरकार गठन गर्नुपर्यो भनेर दबाब सिर्जना गर्ने उदेश्यले कार्कीले प्रोपोगाण्डा सा“ध्नको लागि एउटा आमसञ्चारको माध्यम आफैं सञ्चालनका लागि डीएफआईडीसग सहयोगको याचना गरेका हुन् ।
लोकमानले आफुलाई सहयोग गर्न भन्दै डीएफआइडीलाई दबाब दिन पत्राचार गरेपछि लोकमानको पत्राचार प्रकरणले चर्चा पाएको हो ।
लोकमानले आफ्नो गुणगान गाउन र राजनीतिक तथा संवैधानिक संकट उत्पन्न भएपछि गैरदलीय सरकारको नेतृत्व गर्ने महत्वकांक्षा स्वरुप सञ्चारमाध्यम सञ्चालन गर्न भन्दै डीएफआईडीलाई पत्राचार गरेका थिए ।
समाचार स्रोतका अनुसार लोकमानको मौखिक सिफारिस र निर्देशनलाई डीएफआईडीले अस्वीकार गर्दै लिखित पत्रको माग गरेको थियो ।
डिएफआईडीलाई लोकमानले लिखित पत्राचार गरेपनि कसलाई रकम दिने भन्ने विषयमा अलमल भएपछि लोकमानले मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको गोप्य सल्लाहमा रेग्मी मन्त्रिपरिषद् अध्यक्ष हुदा उनका प्रेस सल्लाहकार भएका विमल गौतमकी श्रीमतीको नाममा रहेको गैरसरकारी संस्थालाई सो रकम उपलब्ध गराइएको बुझिएको छ ।
विमल गौतमकी श्रीमतीको नाममा डीएफआईडीले पाच करोड रकम उपलब्ध गराउने सम्झैता गरेपछि गौतमले लोकान्तर नामक अनलाइन दर्ता गरेर हाल सञ्चालन गरिरहेका छन् । लोकान्तर अनलाइन मार्फत लोकमानले आफ्नो छवी सुधार्ने र बाहिर सकारात्मक चर्चा बटुल्ने उदेश्य राखेपछि यो रहस्य विस्तारै बाहिर आएको हो ।
‘लहरो तान्दा पहरो गर्जिन्छ’ भनेझैं लोकमान र डिएफआईडीको कनेक्सन भने लोकमानले आफ्ना विरोधी सिध्याउने नाममा हिमाल खबर पत्रिकाका प्रधानसम्पादक कनकमणि दीक्षित र एमाओवादी नेता कृष्णबहादुर महरालाई खेद्न थालेपछि लोकमानका कर्तुत बाहिर आ््रएका हुन् । लोकमानले कुनै एनजीओले दिएको आर्थिक सहयोगको बिषयला्ई लिएर अख्तियारलाई प्रयोग गर्दै पत्राचार मार्फत धम्क्याएपछि लोकमान एकपछि अर्को विवादमा तानिएका हुन् ।
लोकमानले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब स्वरुप उपप्रधानमन्त्री एबं अर्थमन्त्री कृष्णबहादुर महरालाई सरकारमा नल्याउन दिएको दबाब नमानेपछि विवाद चर्किएको हो । लोकमानले आफ्नो सल्लाह प्रचण्डले नमानेको भन्दै माओवादी लडाकू प्रकरणको फाइल खोलेर धम्क्याएपछि यो प्रकरण विस्तारै बाहिर आएको हो । पछि प्रधानमन्त्री प्रचण्डले लोकमानस“ग सम्झौता गरी लोकमानलाई बिस्तारै सिध्याउने रणनीति बनाएका थिए ।
प्रधानमन्त्री प्रचण्डको योजना अनुसार नैं लोकमानलाई ठेगान लगाउन उनले डिएफआइडीलाई दिएको लिखित पत्राचारको प्रमाण पनि खोजिरहेका छन् । तत्कालका लागि लोकमान र प्रचण्डको सम्झौताले दुई पक्षको झगडा स्थगित भएपछि लोकमान यतिबेला युरोप र क्यानाडाको भ्रमणमा छन् ।
लोकमानले आफ्नै नामसग मिल्दो जुल्दो लोकान्तर अनलाइन सञ्चालन गर्न भने अदृष्य रुपमा मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मीले सल्लाह दिइरहेका छन् । संत्रमणकालीन राजनीतिक अवस्थाको फाइदा उठाउ“दै एक पटक मन्त्रिपरिषद्को अध्यक्ष भएर सरकार चलाउने अभिलाषा बोकेका लोकमानको अख्तियारको दूरुपयोगको प्रमाण खोज्न, डा. गोविन्द केसी, कनकमणि दीक्षित, शम्भु थापा, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाहरु क्रियाशील छन् ।
यता आमसञ्चारका माध्यमले लोकमानले डिएफआइडीलाई दिएको लिखित निर्देशनको प्रमाण खोजी गर्न थालेपछि डिएफआइडी र बृटिस दुतावासमा समेत सूचना चुहावट नहोस् भनेर उच्च सतर्कता अपनाइएको छ । डिएफआइडीकै कर्मचारीले यस्तो सूचना सञ्चारकर्मीसम्म पु-याएको आशंका गरिएको छ ।
लोकमानको लिखित निर्देशनको आधारमा डिएफआईडीले रकम निकासा दिएको प्र्रमाण बाहिरिएमा नेपालस्थित डिएफआइडीका उच्च अधिकारीसमेत तानिने निश्चित छ । जसले गर्दा डिएफआइडीले शंकास्पद कर्मचारीमाथि निगरानी समेत गर्न थालेको छ ।

Previous
Next Post »